BBC News, नेपाली - होमपेज
Top story - Nepali
नेपालमा पनि नयाँ प्रकारको कोरोनाभाइरस
स्वास्थ्य मन्त्रालयले यूकेबाट फर्किएका तीन कोरोनाभाइरस सङ्क्रमितको नमुना थप परीक्षणका लागि हङ्कङ पठाएको थियो।
भिडिओ, 'जो बाइडन पनि मजस्तै भकभक गर्छन्', समयावधि 1,59
विश्वभरि सात करोड मानिसमा भकभक गर्ने समस्या छ। तिनले कसरी आफैँसँग सङ्घर्ष गरिरहेका छन्?
सरकारले ल्याएको नयाँ एपबाट 'डेटा चुहिन सक्ने' चिन्ता
सरकारले गत साता परीक्षणका रूपमा सुरु गरेको एउटा एकीकृत सेवा दिने सरकारी एप सञ्चालन गर्न नसकेको कतिपयले गुनासो गरिरहेका बेला विज्ञहरूले साइबर सुरक्षा जोखिमको प्रश्न पनि उठाएका छन्।
रुसी नेता नभाल्नी हिरासतमा, अमेरिका र ईयूद्वारा निन्दा
जर्मनीबाट मस्कोमा अवतरण गरेको स्वदेश फर्किएको १५ मिनेटभित्रै एलेक्सी नभाल्नीलाई हिरासतमा लिइएको छ।
कोभिडका गम्भीर बिरामीलाई प्लाज्मा उपचारविधिबाट 'लाभ हुँदैन’
विस्तृत परीक्षणहरूले कोभिडको सम्भावित उपचारविधिको रूपमा हेरिएको ‘रगत प्लाज्मा’ को उपयोगले बिरामीको मृत्यु हुने सम्भावना नघटाएको देखाएको छ।
‘किम्ची युद्ध’ र अन्य पाँचवटा ‘खाद्य लडाइँ’
दक्षिण कोरिया र चीनबीच बन्दाकोबीको एउटा लोकप्रिय परिकारको उत्पत्तिका विषयमा भएको विवाद चर्चित खानेकुराको स्वामित्वलाई लिएर देखापर्दै आएका वादविवादको पछिल्लो उदाहरण हो।
भिडिओ, डोनल्ड ट्रम्पको कार्यकालको लेखाजोखा, समयावधि 5,38
डोनल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकाल अनौठो रह्यो। उनको कार्यकालको लेखाजोखा यस्तो छ।
भिडिओ, नयाँ कोरोनाभाइरसमाथि खोप प्रभावकारी हुन्छ त?, समयावधि 1,22
कोरोनाभाइरस कसरी परिवर्तन भइरहेछ र नयाँ प्रकारमाथि खोप प्रभावकारी हुन्छ त?
नेपाली आरोहण दलको केटु हिमालमा नयाँ विश्व कीर्तिमान
आरोहण दलमा १० नेपालीहरू सुरुमा फरक-फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए।
कोरोनाभाइरस: जान्नुपर्ने महत्त्वपूर्ण कुरा
कोभिड-१९ का कारण विश्वभरि २० लाख जनाको मृत्यु
कोरोनाभाइरस महामारीबाट विश्वभरि कुन देशमा कति मानिस प्रभावित छन् र कति मानिसको मृत्यु भएको छ? यो अन्तर्क्रियात्मक नक्सामा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।
भिडिओ, के कोरोनाभाइरस झन् घातक बन्दै गएको हो, समयावधि 3,01
म्यूटेशन अर्थात् उत्परिवर्तनका कारण कोरोनाभाइरसको संरचनामा परिवर्तन हुँदा कोभिड-१९ महामारीमा कस्तो प्रभाव परिरहेको छ?
भिडिओ, यो बेला कस्ता गतिविधि सुरक्षित, के गर्दा बढी जोखिम, समयावधि 1,16
कोरोनाभाइरस महामारी फैलिएको बेला तपाईँले कस्तो काम गर्दा कम जोखिम र के गर्दा बढी जोखिम हुन्छ?
भिटामिन 'डी'ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन?
कोरोनाभाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ को उपचारमा भिटामिन 'डी' को मात्रा उपयोगी हुनसक्छ कि भन्ने चर्चाका माझ यूकेमा विज्ञहरूले थप प्रमाण आवश्यक रहेको राय दिएका छन्।
भिडिओ, चिसो, फ्लू र कोभिड-१९ कसरी छुट्याउने, समयावधि 1,29
जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर कोरोनाभाइरस सङक्रमण हो कि हैन यसरी छुट्याउन सकिन्छ।
अनि यो पनि
कोरोनाभाइरसको नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने चेतावनी
कोरोनाभाइरसको नयाँ प्रकार पहिले भन्दा निकै सङ्क्रामक रहेको भन्ने विवरणकाबीच विश्व स्वास्थ्य सङ्गठनले चेतावनी जारी गरेको छ।
कोभिड सङ्क्रमणपछि 'कम्तीमा पाँच महिना सुरक्षित'
सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ।
भिडिओ, तालमा अद्भुत 'जीवनको वृक्ष', समयावधि 1,47
आफ्नो ड्रोनबाट तस्बिर खिच्दा मिथकहरूमा वर्णित 'जीवनको वृक्ष' जस्तै आकृति।
शारीरिक अपाङ्गता भएपनि घरमै पढ्न पाएका यी भाग्यमानीहरू
शारीरिक अपाङ्गताले विद्यालय जान नपाएका जाजरकोट, दैलेख र कालिकोटका २३ जना बालबालिकाले घरमै पढ्ने मौका पाएका छन्।
निजगढ विमानस्थल आयोजना क्षेत्रभित्र बस्ती
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेको बस्तीका बासिन्दाले आफ्नो बिचल्ली भएको बताएका छन्।
महाभियोग खेपेका अमेरिकी राष्ट्रपतिहरूको यस्तो छ इतिहास
जोनसन र क्लिन्टनपछि डोनल्ड ट्रम्पले अमेरिकाको इतिहासमा महाभियोग खेपेका हुन् भने अर्का राष्ट्रपति निक्सनसँग पनि महाभियोगको प्रसङ्ग जोडिएको छ।
इन्डोनेशियाको गुफामा जङ्गली सुँगुरको ४५ हजार वर्ष पुरानो चित्र
गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपस्थित एउट गुफामा फेला परेको हो। के हुन् यसका विशेषता?
१०५ वर्षे तुल्सीनारायण जो चाकु बेच्न टोखाबाट नुवाकोट पुग्थे
काठमाण्डूको टोखाका १०५ वर्षीय तुल्सीनारायण श्रेष्ठ भन्छन्, "दुई दिन हिँडेर नुवाकोट पुगिन्थ्यो र चाकुसँग कोदो, मकै वा धान साटेर पुनः त्यसलाई बजारमा बिक्री गरेर पैसा कमाइन्थ्यो।"
चम्किलो प्रकाशले अर्कै संसार
यूकेको उत्तरमा नोर्दन लाइट्सका कारण रमाइलो दृश्य देखियो जसलाई बीबीसीका पाठकहरूले तस्बिर खिचेर पठाएका छन्।
अमेरिकी संसद् भवनमा सशस्त्र फौज
राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ ग्रहणका क्रममा हुन सक्ने सम्भावित अशान्तिलाई ध्यानमा राखेर वासिङटन डीसीमा न्याश्नल गार्डका सुरक्षाकर्मी परिचालन गरिएका छन्। हेर्नुहोस् तस्बिरहरू:
अमेरिको उपद्रोदेखि फोक्सुन्डो तालसम्म
गत साता संसारभरि खिचिएका महत्त्वपूर्ण तथा रोचक घटनाका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ।
संसद्भित्र प्रदर्शनकारी
प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटलमा के भयो? हेर्नुहोस् तस्बिरमा:
थप समाचार
कोभिड सङ्क्रमित एउटा जोडीको अन्तिम भेट
कोरोनाभाइरसबाट सङ्क्रमित भएको एउटा जोडीलाई अस्पतालमा भेट्न बहुमूल्य समय दिइएको उनीहरूका छोरीले बताएकी छन्।
'केपी ओलीलाई त लाज पनि छैन': प्रचण्ड
काठमाण्डूमा आइतवार आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई 'लाज नलाग्ने व्यक्ति' भएको आरोप लगाएका छन्। उनले अरू के के भने?
काबुलमा दुई महिला न्यायाधीशको गोली हानी हत्या
सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनामा शृङ्खलाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो।
संसारकै सबैभन्दा शक्तिशाली बन्ने ठानिएको रकेटको इन्जिनको परीक्षण रद्द
एसएलएस नासाको आर्टेमीस कार्यक्रमको हिस्सा हो जसले अमेरिकालाई यो दशकमा पुनः चन्द्रमाको सतहमा पुर्याउने लक्ष्य लिएको छ।
अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता
जो बाइडन पदभार ग्रहण गर्ने दिनको वरपर हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
बीबीसी विशेषः अमेरिका निर्वाचन २०२०
अमेरिकी संसद्मा भएको दङ्गाले ट्रम्पको विरासतलाई कस्तो प्रभाव पार्ला
राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आफ्नो विभाजनकारी र अतिशयोक्तिपूर्ण अभिव्यक्तिमार्फत् दङ्गा फैलाएको आरोप लगाइएको भए पनि कालान्तरमा उनी मौन बस्ने सम्भावना देखिँदैन।
अमेरिकी संसद्मा जो बाइडनको जित प्रमाणित
अमेरिकी संसद्को संयुक्त बैठकले डेमोक्र्याट जो बाइडन राष्ट्रपतिमा र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको प्रमाणित गरेको छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन को हुन्?
उनी विश्वकै सबभन्दा अनुभवी राजनीतिज्ञमध्ये एक हुन् जसले सन् १९८७ मै अमेरिकी राष्ट्रपति पदको आकाङ्क्षा देखाएका थिए। डेमोक्र्याटिक पार्टीको तर्फबाट विजेता बन्दै अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित बाइडनबारे थाहा पाउनुपर्ने कुरा यस्ता छन्।
विश्वकै शक्तिशाली पद कसरी हस्तान्तरण गरिन्छ
अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको परिणामविरुद्ध कानुनी सङ्घर्ष नत्यागे पनि अन्तत: शक्ति हस्तान्तरणको चरण सुरु भएको छ।
अमेरिकामा उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस को हुन्
अमेरिकामा पहिलो पटक एकजना अश्वेत र एसियन-अमेरिकन महिला डेमोक्र्याटिक पार्टीको तर्फबाट देशको उपराष्ट्रपति-निर्वाचित भएकी छन्।